नेप्सेमा झिनो अंकको वुद्धि, सेयर कारोबार २ अर्ब ९५ करोड!

सोमबार नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१७ कम्पनीको कुल ७३ लाख ४१ हजार १७७ कित्ता सेयरको करिब २ अर्ब ९५ करोड ९४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको छ, १२८ कम्पनीको मूल्यमा गिरावट छ भने, १७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ४ उपसमूहको परिसूचक  बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा पोखरा फाइनान्स कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा पिपुल्स पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.००% ले घटेको छ। कारोबार रकमका आधारमा पोखरा फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ५४ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी लिमिटेडको कारोबार भएको छ।

 

Comments

Back to top