यस्तो छ इलाम-२ को पछिल्लो मतपरिणाम

इलाम-२ मा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५ हजार ६ सय ७३ मतान्तरले अगाडि रहेका छन् ।

नेम्वाङले १६ हजार ९ सय ४४ सय मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ११ हजार २ सय ७३ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४४ मत प्राप्त गरेका छन् ।

र, रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म २ हजार ८ सय ३ मत प्राप्त गरेका छन् ।

अहिले देउमाई नगरपालिकाको मतगणना जारी छ। फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई लगायतको मतगणना सकिसकेको छ।

एजेन्सी

Comments

Back to top