अमेरिकी विदेशमन्त्री ब्लिङ्कन साउदी भ्रमणमा

हमास र इजरायल विगत ६ महिनादेखि लडिरहेका छन् । हमासलाई सिध्याउने इजरायलको संकल्पले गाजा पट्टीका जनताले ठुलो मूल्य चुकाउनु परिरहेको छ ।

हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यसैबिच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार साउदी अरबको रियाद पुगेका छन् । साउदी अरबपछि ब्लिन्केनले जोर्डन र इजरायलको पनि भ्रमण गर्नेछन् । ब्लिन्केनको भ्रमणको उद्देश्य मध्यपूर्वमा शान्ति प्रक्रियालाई गति दिनु र इजरायली बन्धकहरूको रिहाइ गर्नु हो ।

युद्धविरामबारे पनि छलफल हुने

अमेरिकी विदेश मन्त्रालयका अनुसार साउदी अरबमा ब्लिन्केनले क्षेत्रीय सुरक्षामा समन्वयलाई अगाडि बढाउन खाडी सहयोग परिषद्को मन्त्रीस्तरीय बैठकमा भाग लिनेछन् । उनी विश्वव्यापी सहयोग र विकासका लागि ऊर्जा सम्बन्धी विश्व आर्थिक मञ्चको विशेष बैठकमा पनि सहभागी हुने बताइएको छ । अरब साझेदारहरुसँगको अप्रिल २९ देखि मे १ सम्मको भेटघाटको क्रममा ब्लिङकनले गाजामा युद्ध विरामको लागि जारी प्रयासबारे छलफल गर्ने बताइएको छ । यसबाहेक गाजालाई दिँदै आएको मानवीय सहायतामा वृद्धिबारे पनि कुराकानी गरिने बताइएको छ ।

एजेन्सी

Comments

Back to top