नेपाल एसबिआई बैंक रेमिट्यान्स भित्र्याउन उल्लेखनीय योगदान गरेकोमा सम्मानित

नेपाल एसबिआई बैंक रेमिट्यान्स आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ ।

नेपाल राष्ट्र बैंकको ६९औं वार्षिक उत्सव समारोहको अवसर पारेर मिति गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देलाई प्रदान गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।

एजेन्सी

Comments

Back to top