नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा रहेको रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता बिक्रीमा राखिएको हो ।

विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालय वा नेपाल पुनर्बीमा कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८१ रुपैयाँ निर्धारण गरिएको छ ।

निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

एजेन्सी

Comments

Back to top