सिरानीमुनी फोन राखेर सुत्दा हुने बेफाइदा

सुतेको बेलामा वरिपरि राखिएका चीजको असर तपाईंको स्वास्थ्य तथा निद्रामा पनि पर्छ ।

धेरैजसो व्यक्तिले हिजोआज सुत्ने बेला फोन सिरानी मुनी राख्ने गर्छन् । तर तपाईंले सोंच्नुभएको छ यसरी फोन सिरानी मुनी राखेर सुत्दा कस्तो असर पर्दछ ?  

धेरै अध्ययनहरुले यो कुरा बताइसकेका छन् कि सिरानी मुनी फोन राखेर सुत्नु स्वास्थ्यका लागि खतरनाक त हुन्छ नै साथमा यसले तपाईंको निद्रामा पनि असर पर्दछ ।

विश्व स्वास्थ्य संगठनले त सन् २०११ मै यसको असरबारे एउटा रिपोर्ट निकालिसकेको थियो ।

मोबाइल फोनबाट निस्कने निलो रोशनीले मेलाटोनिनको उत्पादनमा बाधा पुर्‍याउन सक्छ । जसको कारणले निद्रा खराब हुने तथा कम निद्रा लाग्ने हुन सक्छ ।

केही अध्ययनहरुले यस्तो कुरा पनि बताएका छन् कि फोनबाट रेडियोफ्रीक्वेन्सी रेडिएशन निस्कन्छ, जसको सम्पर्कमा आउँदा विभिन्न प्रकारको क्यान्सर हुने खतरा पनि बढ्छ ।

मोबाइलबाट निस्कने त्यस्ता रेडिएशनले पुरुषहरुमा शुक्राणुको कमी हुने समस्या पनि आउन थाल्छ । त्यसैले दैनिक रुपमा सिरानी मुनी वा एकदमै नजिकै फोन राखेर सुत्ने नगर्नुहोस् ।

फोनबाट उत्पन्न हुने गर्मी र रेडियोफ्रिक्वेन्सी रेडियशनको सम्पर्कमा आइरहँदा तपाईंलाई टाउको दुख्ने समस्या पनि हुन सक्छ । त्यस्तै यसले तनाव पनि बढ्ने अध्ययनहरुमा बताइएको छ ।

जो व्यक्ति पहिलेदेखि नै डिप्रेशनमा छन् उनीहरुले सिरानीको तल मोबाइल फोन राखेर सुत्नबाट बच्नु पर्दछ । मोबाइलको प्रयोगले पनि शरीरमा कोर्टिजोन नामक स्ट्रेस हर्मोनको स्तर बढाउँछ ।

एजेन्सी

Comments

Back to top