जापानमा संसारको पहिलो सिक्सजी डिभाइस अनावरण

जापानी कन्सोर्टियमले हालै विश्वको पहिलो उच्च गतिको सिक्सजी प्रोटोटाइप डिभाइस अनावरण गरेको छ। यसले ३०० फीट भन्दा बढि कभर गरी १०० गिगाबिट्स प्रति सेकेन्ड (जीबीपीएस) मा डाटा ट्रान्समिट गर्नसक्ने उल्लेख छ।

यो हालको फाईभजी प्रविधिको तुलनामा २० गुणाले सुधार हो।

यो प्रोटोटाइप डिभाइस डोकोमो, एनटीटी कर्पोरेशन, एनईसी कर्पोरेशन र फुजित्सु लगायत जापानका प्रमुख दूरसञ्चार कम्पनीहरू बीचको सहकार्यको परिणाम भएको उल्लेख छ।

गत अप्रिल ११ तारिखमा यस प्रोटोटाइप डिभाइसको सफल परीक्षण नतिजाहरूको घोषणा गरिएको थियो। साथै यो प्रोटोटाइप डिभाइसले इनडोरमा १०० गीगाहर्ज ब्यान्ड प्रयोग गरेर र आउटडोरमा ३०० गीगाहर्ज (जीएचजेड) ब्यान्ड प्रयोग गरेर १०० जीबीपीएसको गति हासिल गर्न सक्ने कम्पनीहरूले खुलासा गरेका छन्।

यी परीक्षणहरू ३२८ फीट (१०० मिटर) को दूरीमा सञ्चालन गरिएको कन्सोर्टियम प्रतिनिधिहरूले बताएको रिपोर्टमा उल्लेख छ।

एजेन्सी

Comments

Back to top