पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेललाई ९ वर्ष कैद, २३ करोड जरिवाना

पेमेन्ट गेटवेमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय सुनाइएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सजाय निर्धारण गरिएको हो ।

यसअघि गत वैशाख ७ गते पौडेललाई दोषी ठहरिएको थियो । साथै, पौडेललाई २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध उनी सार्वजनिक पदमा बहाल रहँदाको आयव्ययको तालमेल नदेखिएको ठहरसहित २३ करोड ७५ लाखभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

एजेन्सी

Comments

Back to top