सन नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज वैशाख २६ गते अन्तिम दिन रहेको छ । सातौं वार्षिक साधारण सभा प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ ।

सभाले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशत बोनस शेयर र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रस्तावित लाभांश पारित गर्न आउँदो जेठ ९ गते सभा बस्ने भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रा.लि. मा विहानको १० बजेदेखि सुरु हुनेछ ।

बोनस शेयर जारीपछि चुक्ता पूँजी तीन अर्ब ९६ करोड १६ लाख रुपैयाँ कामय हुने र नपुग पूँजी कायम गर्न २७ प्रतिशत (१ः०.२७) को अनुपातमा हकप्रद जारी गर्ने र तत् पश्चात् अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।

गत आवको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना संचालक निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेका छन् ।

एजेन्सी

Comments

Back to top