नेप्सेमा १५.५४ अंकको बृद्धि, सेयर कारोबार ५ अर्ब ६८ करोडको !

बुधबार नेप्से परिसूचक १५.५४ अंकले बढेर २,१३१.४९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१८ कम्पनीको कुल १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयरको करिब ५ अर्ब ६८ करोड ७६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८१ कम्पनीको सेयर मूल्य बढेको छ, १६१ कम्पनीको मूल्यमा गिरावट छ भने, ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ४ उपसमूहको परिसूचक  बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा सामुदायिक लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.०५% ले घटेको छ। कारोबार रकमका आधारमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ४२ लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कारोबार भएको छ। 

Comments

Back to top