तामाको भाँडामा पानी पिउनुका फाइदा

तपाईंले बुढापाकाले भनेको सुन्नुभएको छ होला तामाको भाँडा पानी पिउनु राम्रो हुन्छ । यसले धेरै प्रकारका लाभहरु पनि पाइन्छन् ।

तपाईंले पनि तामाको भाँडामा पानी पिउनुका फाइदाहरु थाहा पाउनुभयो भने घरमा भएको प्लास्टीकको बोतल हटाएर तामाको भाँडामा पानी पिउनुहुनेछ । आउनुहोस् जानौं यसमा पानी पिउनुका फाइदाबारे–

  • तामाको बोतल वा अन्य कुनै भाँडामा राखेको पानी पिउँदा स्वाद पनि मिठो हुन्छ । शुरुमा अलि फरक लागे पनि पछि तपाईंलाई यसमै राखेको पानी मिठो हुन थाल्छ ।
  • यदी तपाईं आफ्नो तौल कम गर्ने सोंचिरहनुभएको छ भने पनि दैनिक तामाको भाँडामा स्टोर गरेको पानी पिउन सक्नुहुन्छ । यसले तौल कम गर्न पनि सहयोग गर्छ ।
  • तामाको भाँडामा राखेको पानी नियमित पिउँदा यसले उमेर बढ्ने प्रक्रिया पनि ढिला गराइदिन्छ । यानिकी तपाईं जवान तथा स्वस्थ हुनुहुनेछ ।
  • यदी तपाईंले नियमित रुपमा तामाको भाँडामा राखेको पानी पिउनुहुन्छ भने यसले तपाईंको छालालाई पनि स्वस्थ बनाइराख्न सहयोग गर्छ ।
  • यसले छालासँग जोडिएका समस्या पनि कम हुन्छन् ।
  • तामाको बोतलमा पानी राखेर अर्को दिन बिहान पिउँदा पाचन प्रणाली पनि राम्रो हुन्छ । साथमा यसले पेटसँग जोडिएका समस्या पनि कम गर्छ ।
  • त्यस्तै तामाको भाँडामा राखेको पानी पिउँदा शरीरमा भएका घाउहरु पनि छिटो निको हुन्छ । साथमा यसले जोर्नीहरुको दुखाईमा पनि राहत दिन्छ ।
  • विशेषज्ञहरुका अनुसार दैनिक एक गिलास तामाको पानी पिउनु पनि स्वास्थ्यका लागि फाइदाजनक सावित हुन सक्छ । यसका लागि तपाईंले रातभर तामाको भाँडामा पानी राख्नुहोस् र बिहान पिउनुहोस् ।

Comments

Back to top