सन्दीप लामिछाने विश्वकप खेल्न वेस्ट इन्डिज जाँदै

क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आज बिहान विज्ञप्ति जारी गर्दै सन्दीपलाई टी–२० विश्वकपका लागि वेस्ट इन्डिज पठाउने जनाएको हो ।

लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेको तर अमेरिकी भिसा प्राप्त नभएपछि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको सहभागिता रहने क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एजेन्सी

Comments

Back to top