आइएमई लाइफको साधारणसभा आज

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा आज जेठ २८ गते बस्दैछ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्केट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि.मा बिहानको ११ बजेदेखि शुरू हुनेछ ।

सभाले गत आर्थिक वर्ष (आव)को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी चार अर्ब रुपैयाँको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ १४ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसका आधारमा जेठ १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

एजेन्सी

Comments

Back to top