क्रिकेटको विकासमा सिजी फुड्स्को विशेष प्याकेज, क्यानलाई ६० लाख सहयोग

सिजी फुड्सले यु–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) लाई  ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ।

लामो समयदेखि पुरुष यु–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले सोमबार पत्रकार सम्मेलनमार्फत  महिला क्रिकेट टिमलाई प्रायोजन बापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख रुपैयाँ गरी जम्मा ६० लाख रुपैयाँ क्यानलाई सहयोग गर्ने घोषणा गरेको हो।

चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरी, सिजी फुड्सका सिइओ प्रदीप पुडासैनी, र क्यानका सचिव पारस खड्काबिच यससम्बन्धी सम्झौता भएको छ।

सीजीले प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार र प्रत्येक शतक बापत १ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

एजेन्सी

 

Comments

Back to top