गर्मीमा खर्बुजा खाँदा ध्यान दिनुहोस् यी कुरामा

गर्मीमा रसिलो खर्बुजा खानुको बेग्लै रमाइलो छ । यसमा पाइने मिनरल्स र भिटामिन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

धेरैले खर्बुजाको जुस बनाएर स्मूदी खाने गर्छन् । धेरैलाई खर्बुजामा नुन छर्केर खान मन पराउछन् । तर, त्यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुने बिज्ञहरुले बताएका छन् ।

खर्बुजा एक कम क्यालोरी फल हो, यसमा भिटामिन ए र सी र एन्टि-अक्सिडेन्ट प्रशस्त हुन्छ। यसमा नुन छर्केर खादा यसले स्वाद बढाउँछ र थप रसदार बनाउँछ। नुन मिसाएर खर्बुजा खाँदा शरीरमा सोडियमको मात्रा बढ्छ, जसले धेरै समस्या निम्त्याउन सक्छ । जसका कारण रक्तचाप बढ्न सक्छ । बढी नुनका कारण रक्तचापका बिरामीको समस्या बढ्न सक्छ ।

गर्मीमा चिसो खान मनपर्ने हुनाले हामि खर्बुजा फ्रिजमा राखेर खाने गर्छौ । तर धेरै चिसो खर्बुजा खाँदा पाचन शक्तिमा प्रतिकूल असर पर्छ । खर्बुजा धेरै चिसो खाँदा, यसले पेट र अन्य पाचन समस्याहरू निम्त्याउन सक्छ। यसबाहेक खर्बुजा खाएपछि दूध पिउनु पनि हानिकारक हुन सक्छ। किनभने, खर्बुजामा पाइने भिटामिन सी र दूधमा पाइने प्रोटिनले पेट फुल्ने समस्या निम्त्याउन सक्छ।

एजेन्सी

Comments

Back to top