नेप्सेमा ३३.१५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ५५ करोड!

मंगलबार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २,११५.२४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३११ कम्पनीको कुल १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयरको करिब ५ अर्ब ५५ करोड ५३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २०३ कम्पनीको सेयर मूल्य बढेको छ, ४१ कम्पनीको मूल्यमा गिरावट छ भने २ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक  बढेको छ । 

प्रमुख कारोबार

यस दिन टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रीन भेन्चर्स लिमिटेड, बरुण हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सालिङ पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.८१% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ३० लाख बराबरको सेयर कारोबार भएको छ।

Comments

Back to top