चीनमा सार्वजनिक पार्कमा भएको चक्कु आक्रमणमा चार जना अमेरिकी शिक्षक घाइते

चीनको एक सार्वजनिक पार्कमा नचिनेका व्यक्तिले चक्कु प्रहार गर्दा अमेरिकी विश्वविद्यालयका चार जना शिक्षक घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा भएको गम्भीर घटनामा आयोवा कलेजका शिक्षक गम्भीर घाइते भएका हुन्। स्थानीय मन्दिर जाने मानिसहरूको समूहमा पसेर एक व्यक्तिले चक्कु प्रहार गरेका बीबीसीको खबरमा उल्लेख छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले चक्कु प्रहार गरेकाे घटनाको रिपोर्ट प्राप्त भएको तर पूर्ण जानकारी उपलब्ध नभएको बताएका छन् । उनले चिनियाँ प्रशासनले यो घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको बताएका छन्।

एजेन्सी

Comments

Back to top