मलावीका उपराष्ट्रपतिसहित ९ जनाकाे विमान दुर्घटनामा ज्यान गयाे

पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपति सौलोस क्लोस चिलिमाको विमान दुर्घटनामा ज्यान गएको छ । दुर्घटनामा उपराष्ट्रपति चिलिमा, मलावीकी पूर्व प्रथम महिला शानिल डिजिम्बीरी लगायत नौ जनाको ज्यान गएको राष्ट्रपति लाजरस चकवेरालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गए राति राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र विमानमा रहेको नौ जना सबैको ज्यान गएको राष्ट्रपति चकवेराले विज्ञप्ति निकालेर जानकारी गराएका हुन्।

५१ वर्षीय उपराष्ट्रपति चिलिमा चार दिनअघि निधन भएका पूर्वमन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै थिए । उनी चढेको सेनाको विमान खराब मौसमका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुमान रहेको र थप अनुसन्धान गर्ने राष्ट्रपति चकवेराले उल्लेख गरेका छन् ।

उपराष्ट्रपति चिलिमासहितकाे टाेली चढेकाे विमान जङ्गलभित्र दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

एजेन्सी

Comments

Back to top