प्राविधिक वित्त कार्यलाई सुदृढका लागि लगानी बढाउँदै चीन

चीनको केन्द्रीय बैंक र तीन अन्य सरकारी निकायले देशको प्राविधिक वित्त कार्यलाई सुदृढ र सुधारका लागि थप लगानी बढाउने सम्बन्धमा छलफल गरेका छन् । पिपुल्स बैंक अफ चाइना, विज्ञान तथा प्रविधि मन्त्रालय, चाइना बैंकिङ एन्ड इन्स्योरेन्स रेगुलेटरी कमिसन र चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनले संयुक्तरुपमा बैठक आयोजना गरेका थिए ।

बैठकमा देशको आविष्कार–सञ्चालित विकास रणनीतिलाई सहयोग गर्ने र प्राविधिक आविष्कारको प्रवद्र्धनका लागि थप वित्तीय स्रोतहरू विनियोजन गर्ने महत्वमा जोड दिइएको थियो ।

दुई प्रमुख क्षेत्रहरू, प्रमुख राष्ट्रिय प्राविधिक कार्यहरू र प्राविधिकमा आधारित साना र मध्यम आकारका उद्यमहरूका लागि आर्थिक सहयोगलाई थप सुदृढ पार्ने वकालत गरिएको थियो ।

विशेषगरी कर्जा, ऋणपत्र, स्टक, बीमा, उद्यम पुँजी र ग्यारेन्टीजस्ता वित्तीय उत्पादन तथा सेवाहरूको विस्तृत दायरा समावेश गर्ने बृहत् र बहुस्तरीय प्राविधिक वित्त सेवा प्रणाली स्थापना गर्ने प्रस्ताव गरिएको थियो ।

Comments

Back to top