चिनियाँ अर्बपति ज्याक मा खाद्य व्यवसाय गर्दै

कुनै बेला चीनको प्रविधि क्षेत्रका ‘पोष्टर ब्वाई’ थिए ज्याक मा । त्यहाँको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी अलिबाबाका सह–संस्थापक समेत रहेका मा अब भने खाद्य व्यवसायतिर लाग्न लागेका छन् ।

बुधबार माले ‘हाङचाउ माज किचन फूड’ भन्ने खाद्य कम्पनी खोलेका छन् । हाङचाउ माको गृह नगर हो । यो कम्पनी १ करोड चिनियाँ येन ९१४ लाख अमेरिकी डलर० दर्ता पूँजीसहित खुलेको भन्दै अलिबाबाकै स्वामित्वमा रहेको पत्रिका साउथ चाइना मर्निङ पोष्टले एक समाचारमा भनेको भनेको थियो । यो कम्पनीको सबै स्वामित्व माको लगानी भएको कम्पनीको नाममा भएको बताइएको छ ।  

कम्पनीले प्रि–प्याकेज्ड खानेकुराको विक्री गर्नुको साथै कृषिजन्य उपजको प्रशोधन र खुद्रा विक्री समेत गर्ने बताइएको छ । चीन सरकारले माको प्रविधि कम्पनीमाथि कडाइ गरेयता प्रविधि क्षेत्रमा माको रुचि घट्दै गएको छ । सन् २०२० मा माले सार्वजनिक भाषणमा चीनको वित्तीय नियामक प्रणालीविरुद्ध अभिव्यक्ति दिएपछि चीन सरकार मासँग चिढिएको थियो । चिनियाँ अधिकारीहरु उनको कम्पनीहरुविरुद्ध हात धोएर पछि लागेका थिए । आइपीओ जारी हुनै लाग्दा अधिकारीहरुले एन्ट फाइनान्सियलको आइपीओमा रोक लगाइदिए । माको कम्पनीलाई अर्बौ डलर जरिवाना समेत तिराइयो ।

Comments

Back to top