खर्च घटाउन अर्जेन्टिनाले ५० हजार जना सरकारी कर्मचारी कटौती गर्ने

अर्जेन्टिनाले ५० हजार जना सरकारी कर्मचारी कटौती गर्ने भएको छ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले गएको डिसेम्बरमा सरकारको खर्च घटाउने योजना सार्वजनिक गरेका थिए । त्यही योजनाअनुसार अब छिटै ५० हजार जना सरकारी कर्मचारीलाई बिदाइ गर्ने कुरा दोहोर्‍एको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

१० औँ ल्याटिन अमेरिकी बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्जेन्टिनी राष्ट्रपति माइलेले सार्वजनिक खर्च कटौती गर्ने आफ्नो अभियानको प्रशंसा गर्दै विरोधीहरूको कुरा नसुन्ने बताएका छन् ।

पेन्सन सुधारलाई बढावा दिनका लागि सबै सार्वजनिक खर्चमा लगाम लगाउने नीतिगत प्रस्ताव चाँडै संसद‍्बाट पारित हुने पनि उनले बताएका छन् । आफूले भिटो प्रयोग गरेर भए पनि सार्वजनिक खर्च घटाउने कानुनहरू पारित गर्ने राष्ट्रपति माइलेले बताएका छन् ।

गएको डिसेम्बर यतामात्रै सरकारी तलब भत्ता खाने २५ हजार जनालाई सेवाबाट हटाएको पनि अर्जेन्टिना सरकारले जनाएको छ ।

एजेन्सी

Comments

Back to top